भन्सार छलीका सामानसहित दुई सिटी सफारी नियन्त्रणमा
reportersnepal.com · Fri Aug 07 10:11:43 GMT 2026

भद्रपुर (झापा), २२ साउन । झापाको मेचीनगरबाट सशस्त्र प्रहरीले पाँच लाख ४५ हजार ६५० बराबरको भन्सार छलीको लत्ताकपडा र इलेक्ट्रोनिक्स सामानसहित दुई वटा सिटी सफारी नियन्त्रणमा लिएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नं २ गण, झापाबाट खटिएको सशस्त्र प्रहरी मोबाइल टोलीले मेचीनगर नगरपालिका–१५ स्थित बङ्गसल सीमा क्षेत्रमा भारतबाट भन्सार छली नेपालतर्फ ल्याइँदै गरेका सामानसहित ती सवारीसाधन बिहीबार साँझ जाँचका क्रममा नियन्त्रणमा लिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)