आहा–रारा गोल्डकप : आर्मी क्वाटरफाइनलमा
lokaantar.com
नेपाली सेनाको त्रिभुवन आर्मी क्लब पोखरामा जारी आहा–रारा पोखरा गोल्डकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । पोखरा रङ्गशालामा आज सम्पन्न खेलमा आर्मीले राइजिङ स्टार क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै अन्तिम आठमा स्थान पक्का गरेको हो ।
खेलको २७औँ मिनेटमा आर्मीका लागि भरत खवासले गरेको एक मात्र गोल नै निर्णायक बन्यो । पेनाल्टीबक्समा खवासले हेड गर्दै गोल गरेका थिए । निर्णायक गोल गरेका खवास ‘प्लेयर अफ दी म्याच’ घोषित भए । उनले रु १० हजार पुरस्कार प्राप्त गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)