दुई शिर भएको पक्षी
nayapatrikadaily.com · Tue Nov 28 00:26:00 GMT 2023
उहिल्यै जंगलमा भारुन्ड नामको एउटा विचित्र किसिमको पक्षी बस्थ्यो । उसको शरीर एउटै थियो भने शिरचाहिँ दुई थिए । दुवै शिरको स्वभाव अलग–अलग थियो, किनकि उनीहरूको मस्तिष्क दुइटा थिए । यसैका कारण यी दुई शिरबीच पटक्कै मेल थिएन । दुवै शिर आपसमा झगडा गरिरहन्थे ।
एक दिन आहारा खोज्दै जाने क्रममा एउटा शिरले जमिनमा अनौठो फल देख्यो । यसो ठुँगेर चाख्दा त्यो फल निकै स्वादिष्ट लाग्यो । ऊ निकै खुसी भयो । जिब्रो फड्कारी–फड्कारी स्वादको बखान गर्न थाल्यो । बखान सुनेर दोस्रो शिरले पनि फल चाख्न चाह्यो, तर पहिलो शिरले छुनसमेत दिएन । उसले दुवैको शरीर एउटै भएकाले आफूले खाए पनि एकै ठाउँमा पुग्ने भन्दै दोस्रो शिरलाई त्यसको स्वाद लिनै दिएन ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)