‘धुरन्धर’ ले नेटफ्लिक्समा ऐतिहासिक सफलता हासिल
kendrabindu.com · Fri Aug 07 10:44:57 GMT 2026

काठमाडाैं । नेपाल र भारतसहित विश्वभरका दर्शकमाझ निकै चर्चा कमाएको फिल्म ‘धुरन्धर’ ले नेटफ्लिक्समा ऐतिहासिक सफलता हासिल गरेको छ। अभिनेता रणवीर सिंह अभिनीत तथा आदित्य धरद्वारा निर्देशित यस चलचित्रले सन् २०२६ मा नेटफ्लिक्समा विश्वकै सबैभन्दा धेरै हेरिएको नन्-इङ्ग्लिस फिल्म बन्दै नयाँ कीर्तिमान कायम गरेको हो।
नेटफ्लिक्सका सह-प्रमुख टेड सारान्डोसले फिल्मको यस अभूतपूर्व उपलब्धिलाई औपचारिक रूपमा पुष्टि गरेका हुन्। उनले भारतीय चलचित्रको विश्वव्यापी प्रभाव र लोकप्रियता तीव्र गतिमा बढिरहेको उल्लेख गर्दै ‘धुरन्धर’ लाई त्यसको एउटा उत्कृष्ट र सशक्त उदाहरणको रूपमा प्रस्तुत गरे।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)