साउनको सोमबार देवघाटमा ३५ हजार भक्तजनको आगमन
lokaantar.com
साउनको पहिलो सोमबार तनहुँको देवघाटमा ३५ हजार भक्तजन स्नान तथा पूजाअर्चनाका लागि आएका छन् । यो सङ्ख्या अघिल्लो वर्षको साउनको पहिलो सोमबारको तुलनामा बढी रहेको देवघाट क्षेत्र विकास समितिले जनाएको छ ।
अघिल्लो वर्षको पहिलो सोमबार २५ हजार भक्तजन आएकामा यस वर्ष ३५ हजार भक्तजन बोलबम मेला भर्न आएका समितिका कार्यकारी निर्देशक सदन बरालले जानकारी दिए । उनका अनुसार देवघाटमा स्नान गर्नका लागि बिहानैदेखि भक्तजनको घुइँचो लागेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)