ढोरपाटनमा विदेशी सिकारी
ekantipur.com · Sun Oct 08 01:32:09 GMT 2023
म्याग्दी — अमेरिकी नागरिक नाथन हन्टर भेनर यतिबेला ढोरपाटन क्षेत्रमा छन् । उनी यहाँ घुम्न वा कुनै काम विशेषले नभई सिकार खेल्न आएका हुन् । मुलुकको एकमात्र सिकार आरक्ष ढोरपाटनमा गत बुधबारदेखि काँधमा राइफल बोकेर ४० थान गोलीसहित सिकारको खोजीमा निस्किएका उनी कात्तिक २८ सम्म आरक्षमा हुनेछन् । ढोरपाटन आरक्षले उनलाई एउटा नाउर, एक बँदेल सिकार गर्ने अनुमति दिएको हो ।
यस वर्षको शरदयामको सिकार खेल्न भेनरसहित पाँच अमेरिकन, एक जर्मन, एक रसियन र एक जना बेलारुसका गरी ८ विदेशी सिकारीले राष्ट्रिय निकञ्ज तथा वन्यजन्तु संरक्षण विभागबाट अनुमति लिएका हुन् । उनीहरूले कात्तिक २८ सम्ममा ८ वटा नाउर (नीलभेडा), ४ झारल (हिमाली थार) र ७ वटा बँदेलको सिकार गर्न पाउने भएका हुन् । ढोरपाटन आरक्षअन्तर्गत पूर्वी रुकुममा पर्ने दोगाडी सिकार ब्लगमा नाथनले सिकार गरिरहेका छन् । आरक्षका अनुसार यस वर्ष हिमालयन सफारिज्मार्फत पूर्वी रुकुममा पर्ने दोगाडी, सेङ र सुन्दह ब्लकमा सिकार खेल्न आएका ४ अमेरिकी सिकारी, नेपाल ट्राभल एक्सपिडिसनबाटै बागलुङमा पर्ने फागुने, बार्से तथा पूर्वी रुकुमको घुस्तुङ ब्लकमा अर्का अमेरिकी एक–एकवटा नाउर, झारल र बँदेलको सिकारका लागि गएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)