मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

धुजाधुजा ध्वजावाहक

annapurnapost.com · Fri Oct 09 00:21:19 GMT 2026

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमभन्दा थाइल्यान्डको सरकार अधीनस्थ वायुसेवा संस्था थाई एयरवेज एक वर्ष कान्छो हो। नेपालले २०१५ सालमा नेपाल वायुसेवा निगम स्थापना गर्दा थाइल्यान्डको सरकारी जहाज कम्पनी थिएन। त्यसको एक वर्षपछि स्थापित वायुसेवा संस्थान थाई एयरवेजसँग आज ८५ वटा जहाज छन्। गएको वर्षको नाफा १ खर्ब ८५ अर्ब नेपाली रुपैयाँ थियो। तर आज नेपाल वायु सेवा निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि ४ वटा जहाज छन्, ती पनि पूरै चलेका छैनन्।

एउटा मर्मतका लागि इटली पठाएको निर्धारित समयमा फर्केको छैन। घाटा बढाउँदै उतै थन्किरहेछ। आन्तरिकतिर केही हिमाली र दुर्गममा उडान गर्दै निगमले सास धानेको छ भन्नुपर्ने अवस्था छ। ५१ अर्ब रुपैयाँ ऋण लागेको निगममा फेरि जहाज थप्ने वा भाडामा लिनुपर्ने अवस्था छ। सधैं विवादको भुँमरीमा पर्दै आएको निगमको आवश्यकता जहाज थप्नुपर्ने हो कि पहिले व्यवस्थापन सुधार्ने भन्ने बहससमेत सिर्जना भएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)