बेनी–जोमसोम–कोरला सडक मर्मत अन्तिम चरणमा, यातायात सञ्चालनमा चुनौती
bishowkhabar.com · Fri Oct 09 00:35:44 GMT 2026

काठमाडौं – बाढीपहिरोले क्षतिग्रस्त बेनी–जोमसोम–कोरला सडकको मर्मतकार्य अन्तिम चरणमा पुगे पनि नियमित, सहज र सुरक्षित यातायात सञ्चालनमा चुनौती देखिएको छ । सडकको प्रारम्भिक मर्मतपछि अत्यावश्यक सवारीसाधनलाई सीमित रूपमा आवतजावत गर्न दिइएको भए पनि पूर्ण रूपमा यातायात सञ्चालन गर्न थप मर्मत आवश्यक रहेको छ ।
चीन र भारत जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत पर्वतको मालढुङ्गादेखि म्याग्दी हुँदै मुस्ताङको कोरलानाका जोड्ने २०२ किलोमिटर लामो सडक असोज ८ देखि ११ गतेसम्मको बाढीपहिरोले क्षतिग्रस्त बनेको थियो । सडकका विभिन्न ५० ठाउँमा पहिरो खसेको, सडक भासिएको तथा १० ठाउँमा कालीगण्डकी नदीको कटानले सडक बगाएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)