हवाई भाडा घटाउन सरकारको पहल
gorkhapatraonline.com · Fri Oct 09 00:40:25 GMT 2026

चाडपर्वको समयमा हवाई टिकटको भाडा बढेको गुनासोपछि सरकारले आन्तरिक हवाई भाडा घटाउन पहल गरेको छ । प्रधानमन्त्री वालेन्द्र शाहको निर्देशन र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलको सक्रियतापछि आन्तरिक वायुसेवा कम्पनीहरू स्वीकृत अधिकतम भाडादरभन्दा कममा टिकट बिक्री गर्न सहमत भएका हुन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले बिहीबार आन्तरिक उडान गर्ने वायुसेवा कम्पनीका सञ्चालक तथा प्रतिनिधिसँग गरेको छलफलमा यात्रुलाई राहत पुग्ने गरी स्वीकृत दरभन्दा सस्तोमा टिकट उपलब्ध गराउने सहमति जुटाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)