नयाँ राहदानी प्रणालीपछि सेवा सहज बन्दै, दैनिक दुई हजार आवेदन स्लट खुला
aarthiknews.com

काठमाडौं । परराष्ट्र मन्त्रालयले नयाँ राहदानी प्रणाली लागू भएसँगै राहदानी सेवा क्रमशः सहज, व्यवस्थित र नागरिकमैत्री बन्दै गएको जनाएको छ। मन्त्रालयले दैनिक दुई हजारसम्म राहदानी आवेदनको स्लट खुला गरिएको र सोही हाराहारीमा राहदानी छपाइ तथा वितरण भइरहेको जानकारी दिएको छ। शुक्रबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले राहदानी सेवा सुधारलाई मन्त्रालयको प्रमुख प्राथमिकतामध्ये एक रहेको बताए।
उनका अनुसार नयाँ प्रणाली लागू भएसँगै राहदानीका लागि आवेदन दिने सेवाग्राहीको संख्या उल्लेख्य रूपमा बढेको छ। सोही चापलाई व्यवस्थापन गर्न विभागले दैनिक दुई हजारसम्म आवेदन फाराम खुला गर्दै आएको र सोही संख्याको हाराहारीमा राहदानी छपाइ तथा वितरण भइरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)