कांग्रेसको मतदान : आजै मतगणना सुरु गर्ने तयारी
lokaantar.com

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज बिहान ७ बजेदेखि मतदान हुँदैछ । मतदानका लागि बिहानैदेखि महाधिवेशन प्रतिनिधिहरू लाइनमा लागेका छन् । निर्वाचन समितिले मतदान सम्पन्न भएलगत्तै आजै मतगणना सुरु गर्ने तयारी गरेको छ ।
हिजोका लागि तय भएको मतदान खराब मौसम, प्राविधिक समस्या र मतपत्र छपाइमा ढिलाइ भएपछि आज बिहानका लागि सारिएको थियो । रातिको समयमा मतदान गर्दा प्रतिनिधिलाई असहज हुने भएकाले बिहानदेखि मतदान गर्ने निर्णय गरिएको निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)