लाओसलाई हराउँदै नेपाल दोस्रो चरणमा
nayapatrikadaily.com · Wed Oct 18 00:54:00 GMT 2023
नेपाली राष्ट्रिय फुटबल टोलीले लाओसलाई मंगलबार दोस्रो लेगमा १–० ले हराउँदै फिफा विश्वकप २०२६ अन्तर्गत एसियन छनोटको दोस्रो चरणमा स्थान पक्का गरेको छ । गत साता दशरथ रंगशालमा नेपाल र लाओसले १–१ को बराबरी खेलेका थिए । नेपालले लाओसलाई समग्रमा २–१ ले हराउँदै दोस्रो चरण स्थान सुरक्षित गरेको हो । फिफा वरीयतामा लाओस १८८औँ र नेपाल १७४औँ स्थानमा छ । नेपालले वरीयतामा आफूभन्दा तल रहेको टोलीमाथि जित निकाल्न निकै मिहिनेत गर्नुपरेको थियो ।
अब नेपाल दोस्रो चरणको समूह ‘एच’मा युनाइटेड अरब इमिरेट्स (युएई), यमन र बहराइनसँग प्रतिस्पर्धा गर्नेछ । यसअघि नै भएको दोस्रो चरणको ‘ड्र’मा यसै समूहमा युएई र बहराइन थिए । यमनले श्रीलंकालाई समग्रमा ४–१ ले पराजित गर्दै दोस्रो चरणमा पुगेको हो । दोस्रो चरणमा एक–अर्कासँग होम एन्ड अवेको आधारमा हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)