मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

यार्सा खोजीमा गएका मुगुका दुईजनाको मिमिलेकमा मृत्यु, २२ घण्टामा शव ल्याइयो

kendrabindu.com · Fri Oct 09 01:04:13 GMT 2026

मुगु । हुम्लाको सीमावर्ती क्षेत्रमा जडीबुटी संकलनका लागि गएका मुगुका दुई जनाको मृत्यु भएको छ । मुगुको कार्मारोङ गाउँपालिका–९ का अङ्कबहादुर रोकाया र ललितजंग बडुवाल ४८ सय मिटर उचाइमा रहेको मिमिलेकमा मृत भेटिएका हुन् । उनीहरुको शव हिमपहिरोको सम्भावित जोखिमबीच नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले बिहीबार करिब २२ घण्टा लगाएर जिल्ला अस्पताल मुगु ल्याएका हुन् ।

मुगु जिल्ला प्रहरी कार्यालयका डीएसपी रविराज थापाका अनुसार प्रतिकूल मौसम, कठिन भूगोलका कारण जोखिमपूर्ण अवस्थामा ल्याइएका दुवै शव जिल्ला अस्पताल मुगु पुर्‍याइएको छ । ‘अत्यन्तै जोखिम मोलेर करिब २२ घण्टा लगाएर शव ल्याएका हौं,’ उनले भने ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)