रास्वपा र उनेपाबिचको एकता किन भाँडियो ?
barnanmedia.com · Thu Dec 11 23:06:49 GMT 2025

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) र उज्यालो नेपाल पार्टी(उनेपा) बिचको एकता भाँडिएको छ । जेनजी आन्दोलनको भावनालाई समेटेर आगामी निर्वाचन अगाडि नै दुई पार्टीबिच एकता गर्ने गरी सघन छलफलमा थिए । एकता वार्ता असफल भएपछि दुवै पार्टीका नेताहरूले एक अर्कालाई आरोप लगाएका छन् । रास्वपाबाट संवाद समितिका सहसंयोजक रहेका शिशिर खनालले उनेपाले पार्टी नै कब्जा गर्नेगरी सर्त राखेपछि एकता सम्भव नभएको जिकिर गरेका छन् ।
‘पार्टीको मुख्य नेता वरिष्ठ वा उपसभापति, महामन्त्री, सहमहामन्त्री सहित ५० प्रतिशत हिस्सा मागेपछि सहमत हुन सकिएन । पार्टी नै कब्जा गर्न खोजिएको जस्तो देखिएपछि हामीले अस्वीकार गरेको हो । पार्टी एकताको सम्भावना सकिए पनि चुनावी तालमेलको सम्भावना कायमै छ’, खनालले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)