बेनी-जोमसोम-कोरला सडक मर्मत अन्तिम चरणमा, सोमबारदेखि यातायात सञ्चालनको तयारी
nepalnews.com · Fri Oct 09 01:17:44 GMT 2026

काठमाडौं। बाढी र पहिरोले क्षतिग्रस्त बनेको बेनी: जोमसोम-कोरला सडकको मर्मतकार्य अन्तिम चरणमा पुगेको छ। असोज ८ देखि ११ गतेसम्मको अविरल वर्षाका कारण पर्वतको मालढुङ्गादेखि मुस्ताङको कोरला नाका जोड्ने २०२ किलोमिटर सडकखण्डमा ५० भन्दा बढी स्थानमा पहिरो गएको थियो भने १० स्थानमा कालीगण्डकी नदीले सडक कटान गरेको थियो।
बेनी-जोमसोम-कोरला सडक योजनाका प्रमुख तेजस्वी शर्माका अनुसार म्याग्दीका केही स्थानमा सडकको पहुँचमार्ग तयार भएपछि बिहीबार साँझदेखि अत्यावश्यक सवारीसाधन वारपार गर्न थालेका छन्। सडक पूर्ण रूपमा सहज बनाउन अझै केही काम बाँकी रहेको र आइतबारसम्म मर्मत पूरा गरी सोमबारदेखि यातायात सञ्चालन गर्ने कार्ययोजना रहेको उनले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)