टुट्यो गठबन्धन : छुट्यो प्रधानमन्त्री
ekantipur.com · Tue Mar 05 01:00:35 GMT 2024
काठमाडौँ — अचानक फेरिएको सत्ता गठबन्धनले कांग्रेससहितको सत्ता साझेदारीमा एक वर्षका लागि प्रधानमन्त्री हुने आकांक्षा पालेर बसेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई अप्ठेरोमा पारेको छ । तर प्रधानमन्त्री पुष्पकमल दाहाल सोमबार नै नेपाल निवास पुगेर सहकार्यका लागि प्रस्ताव गरेका छन् ।
एमाले एकीकृत समाजवादीलाई सरकार बाहिरै राख्ने पक्षमा भएकाले प्रधानमन्त्री दाहालले उनलाई बालुवाटार बैठकमा खबरसमेत गरेनन् । रुघाखोकीले बिरामी परेपछि दुई दिनको अस्पताल बसाइपछि घरमै आराम गरिरहेका अध्यक्ष नेपालले कोटेश्वरस्थित आफ्नो निवासमा सोमबार अपराह्न नयाँ राजनीतिक घटनाक्रमबारे छलफल गर्न पार्टीको बैठक डाकेका थिए । आफूलाई नयाँ समीकरणबारे कुनै जानकारी नभएको र कसैले खबर पनि नगरेको भन्दै बैठकको सुरुमै नेपालले दाहालबाट आफूलाई धोका भएको बताएको समाजवादीका एक नेताले कान्तिपुरसँग भने ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)