राष्ट्रिय सहकारी बैंकमा दुई विज्ञ सञ्चालक नियुक्त
nepalpress.com · Fri Aug 07 11:58:21 GMT 2026

काठमाडौं । राष्ट्रिय सहकारी बैंक लिमिटेडमा दुई विज्ञ सञ्चालकलाई नियुक्त गरिएको छ । बैंकको सञ्चालक समितिले बैंकिङ र सहकारी क्षेत्रका दुई जना विज्ञलाई विज्ञ सञ्चालक पदमा नियुक्त गरेको हो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईका अनुसार सहकारी विज्ञतर्फ डा. वासुदेव लामिछाने र बैंकिङ विज्ञतर्फ रुक्मिणी भट्ट नियुक्त भएका हुन् । उनीहरूलाई प्रचलित कानुनी व्यवस्था तथा नेपाल राष्ट्र बैंकको नियामकीय निर्देशन बमोजिम खुला प्रतिस्पर्धाबाट नियुक्ति गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)