नेपालमा रोहिंग्यादेखि तिब्बतीसम्म कति छन् शरणार्थी ?
baahrakhari.com · Fri Aug 07 11:55:34 GMT 2026

काठमाडौं । नेपालका विभिन्न खुल्ला सीमानाकाबाट भुटानी शरणार्थीदेखि रोहिंग्या प्रवेश गरेको पाइएको छ । प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार भुटानीदेखि रोहिंग्यासम्म देशका विभिन्न क्षेत्रमा १० हजार ३२५ जना शरणार्थी छन् ।
यसमध्ये सबैभन्दा बढी भुटानी शरणार्थी रहेको प्रहरी प्रधान कार्यालयको तथ्यांक छ । शुक्रबार प्रहरी प्रवक्ता डीआईजी अभिनारायण काफ्लेले पत्रकार भेटघाटमा सार्वजनिक गरेको तथ्यांकअनुसार रोहिंग्या ५२६ जना छन् । यसमा १६२ पुरुष, १४८ महिला र २१६ बालबालिका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)