नाडाको ५०औँ स्वर्ण वर्षमा ५० प्रतिशत ‘अर्ली बर्ड’ छुट
baahrakhari.com · Fri Aug 07 12:00:23 GMT 2026

काठमाडौं । नेपाल अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले आफ्नो स्थापनाको ५०औँ स्वर्ण वर्षको अवसर पारेर ‘एचपी लुब्रिकेन्ट्स प्रिजेन्ट्स १८औँ नाडा अटो शो २०२६’ आयोजना गर्ने भएको छ । आगामी भदौ ९ देखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी स्थलमा आयोजना हुने यस मेलाका लागि आयोजकले डिजिटल टिकट खरिदमा ५० प्रतिशतसम्मको ‘अर्ली बर्ड’ छुटको घोषणा गरेको छ ।
अटोमोबाइल क्षेत्रको बहुप्रतीक्षित मानिएको यस प्रदर्शनीलाई यस वर्ष ‘एचपी लुब्रिकेन्ट्स’ले मुख्य प्रायोजकका रूपमा प्रस्तुत गरेको छ । पाँच दशक लामो ऐतिहासिक यात्रा पूरा गरेको उत्सव मनाउन नाडाले अवलोकनकर्ताहरूका लागि खल्ती एपसँगको सहकार्यमा विशेष प्रवर्द्धनात्मक अफर ल्याएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)