युरोपियन टी–२० लिग : दीपेन्द्रको टोलीमा अजिङ्क्य रहाणे अनुबन्ध
ratopati.com · Fri Aug 07 12:08:19 GMT 2026
काठमाडौँ। नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर दीपेन्द्रसिंह ऐरी आबद्ध एम्सटर्डम फ्लेम्सले भारतीय क्रिकेटका अनुभवी ब्याटर अजिङ्क्य रहाणेलाई अनुबन्ध गरेको छ। हालै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका रहाणे युरोपियन टी–२० प्रिमियर लिग खेल्न फ्लेम्ससँग जोडिएका हुन्।
रहाणेको आगमनसँगै एम्सटर्डम फ्लेम्सको ब्याटिङ लाइनअप थप बलियो बनेको छ। यसअघि नै टोलीमा अस्ट्रेलियाका स्टिभ स्मिथ, मिचेल मार्श र टिम डेभिडजस्ता विश्व चर्चित खेलाडी रहेका छन् । अब उनीहरूसँगै रहाणे पनि जोडिएपछि फ्लेम्सलाई प्रतियोगिताको उपाधि दाबेदार टोलीका रूपमा हेरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)