कामना सेवा विकास बैंकले घोषणा गर्यो लाभांश, लगानीकर्ताले १५ प्रतिशत पाउने
arthasansar.com · Fri Aug 07 12:07:57 GMT 2026

कामना सेवा विकास बैंक लिमिटेडले आ.व. २०८२/८३ को संचित मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभाशं घोषणा गरेको छ । बैंकले अग्राधिकार सेयरधनीहरुलाई अग्राधिकार सेयर बाँडफाँड भएको मितिबाट असार मसान्त २०८३ सम्म अनुपातिक रुपमा ९ प्रतिशत र साधारण सेयरधनीहरुलाई १५ प्रतिशत नगद लाभाशं (कर समेत) घोषणा गरेको हो ।
उक्त लाभाशं नेपाल राष्ट्र बैंकको स्वीकृती तथा बैंकको २० औं वार्षिक साधारणसभाबाट पारित भए पश्चात् सेयरधनीहरुले प्राप्त गर्नेछन् । गत वर्ष बैंकले बोनस सेयर र नगद लाभांश गरी जम्मा १५.७८९५ प्रतिशत लाभाशं वितरण गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)