मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बूढीगङ्गा नगरपालिका : मेयरमा एमालेका बानियाँ कांग्रेसका शाहीभन्दा ७ सय ८ मतले अगाडि

Ujyaaloonline.com · Sun Jul 10 00:49:28 GMT 2022

काठमाण्डाै - बाजुराको बूढीगङ्गा नगरपालिकामा मत गणना भइरहेको छ । मेयर र उपमेयरमा एमालेका उम्मेदवारको अग्रता कायमै छ ।

एमालेबाट मेयरमा रामबहादुर बानियाँ र उपमेयरमा माया कुँवर तथा नेपाली कांग्रेसबाट मेयरमा रङ्गबहादुर खाती, उपमेयरमा रीता शाही प्रतिस्पर्धामा हुनुहुन्छ । पछिल्लो मत परिणाम अनुसार मेयरमा बानियाँले ३ हजार ८ सय ८१ र खातीले ३ हजार १ सय १ मत प्राप्त गर्नुभएको छ । बानियाँ खातीभन्दा ७ सय ८ मतले अगाडि हुनुहुन्छ । उपमेयरमा माया कुँवरले ३ हजार ७ सय ५३ र रीता शाहीले ३ हजार १ सय ५३ प्राप्त गर्नुभएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)