मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मन्थलीमा प्रसूति सेवा बन्द

annapurnapost.com · Mon Jan 24 06:27:00 GMT 2022

रामेछाप : रामेछापको सदरमुकाम मन्थलीस्थित प्रसूति सेवा २ वर्षदेखि बन्द हुँदा सयौं सेवाग्राही मारमा परेका छन्। प्रसूति सेवा सञ्चालन हुन नसक्दा प्रसूति गृह नै बन्द हुने अवस्थामा पुगेको छ। सरकारले ग्रामीण महिलाहरूलाई सुत्केरी गराउन सहज होस् भन्ने उद्देश्यले स्थापना गरिएको गृह बन्द हुने अवस्थामा पुगेपछि हुँदा वार्षिक २ सयभन्दा बढी महिला प्रसूति हुन धुलिखेल र काठमाडौं रिफर हुने गरेका छन्।

आर्थिक वर्ष २०७८/७९ को पुससम्म ७१ जना महिलालाई प्रसूति गराउन रिफर गरिएको प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीले जनाएको छ। सामान्य प्रसूति गराउन सकिए पनि जटिल अवस्थाका महिलालाई सुविधा अभावका कारण मन्थलीमै प्रसूति गराउन नसकिएको केन्द्रका प्रमुख डा. नवराज श्रेष्ठले बताए। सामान्य सुत्केरी गराउन सकिए पनि सुत्केरी गराइसकेपछि जटिल समस्या आउने गरेको पनि डा. श्रेष्ठले बताए। उनले भने, ‘विशेषज्ञ डा.एमडीजीपी र एनएसथेसिया भएको भए कसैलाई पनि रिफर गर्नुपर्ने थिएन।’ मन्थली नगरपालिकाले डा.सहित सुविधा उपलब्ध गराएमा कुनै पनि महिलालाई रिफर गर्नु नपर्ने प्रसूति गृहमा कार्यरत स्टाफ नर्स करिश्मा कार्कीले बताइन्। उनले भनिन्, ‘यस आर्थिक वर्षमा ११६ जना महिलालाई सामान्य प्रसूति गराउन सफल भएको भए पनि ८१ जना महिलालाई सुविधा अभावले रिफर गर्नुपरेको थियो।’

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)