मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अवरुद्ध स्याफ्रुबेँसी–रसुवागढी सडक सञ्चालनमा

lokaantar.com

गत असार २४ गते ल्हेन्दे खोलामा आएको बाढीका कारण अवरुद्ध स्याफ्रुबेँसी–रसुवागढी खण्ड सडक सोमबारदेखि सञ्चालनमा आएको छ । सो सडक सञ्चालनमा आएसँगै आजैदेखि काठमाडौँ–टिमुरे बस गुड्न थालेको छ ।

नमस्ते पासाङल्हामु बस समितिअन्तर्गत धुञ्चेका काउण्टर प्रमुख सन्तोष तितुङका अनुसार काठमाडौँबाट यात्रुवाहक बस टिमुरे पुगेको हो । बाढीपछि टिमुरेको जनजीवन क्रमिक रूपमा सहज बन्दै गएको गोसाइँकुण्ड गाउँपालिका–२ का वडाध्यक्ष कामी छिरिङ तामाङले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)