मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

दुई आयोजनामा ९७ अर्ब लगानी स्वीकृत

ekantipur.com · Wed Jun 23 00:58:31 GMT 2021

काठमाडौँ — लगानी बोर्डको बैठकले दुई ठूला जलविद्युत् आयोजनाका लागि करिब ९७ अर्बबराबरको प्रत्यक्ष वैदेशिक लगानी स्वीकृत गरेको छ । मंगलबार बोर्ड अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले माथिल्लो तमोर विद्युत् आयोजना र तल्लो मनाङ मर्स्याङ्दी जलविद्युत् परियोजनाको लागि लगानी स्वीकृत गरेको हो ।

२८५ मेगावाट जडित क्षमताको माथिल्लो तमोर जलविद्युत् परियोजनाको उत्पादन अनुमतिपत्र तमोर सानिमा इनर्जी प्रालिको नाममा छ । विद्युत् विकास विभागले २०७५ जेठ २७ मा यो कम्पनीको नाममा आयोजनाको उत्पादन अनुमतिपत्र जारी गरेको थियो । आयोजनाको अनुमानित लागत ५४ करोड अमेरिकी डलर रहेको बोर्ड कार्यालयले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)