पृथ्वीले विपद्को संकेत दियो : गुटेरस
annapurnapost.com · Tue Nov 08 00:51:00 GMT 2022
इजिप्ट (बीबीसी) : पृथ्वीले ‘आफू विपद्मा परेको संकेत दिइरहेको छ’ भन्ने चेतावनीसहित इजिप्टमा जलवायु सम्मेलन आरम्भ भएको छ। सम्मेलनमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले एक प्रतिवेदन सार्वजनिक गर्दै भनेका छन्, ‘पृथ्वीले विपद्को संकेत गरेको लामो समय भयो। अब पनि सचेत नबने कहिले बन्ने ?’
गएको आठ वर्ष पृथ्वीमा हालसम्मकै सबैभन्दा बढी तापक्रम भएका वर्षहरूका रूपमा दरिने जनाएको थियो। कोप–२७ भनेर चिनिने इजिप्टको यो सम्मेलनमा १ सय २० जनाभन्दा बढी विश्व नेताले जलवायु परिवर्तनबाट पर्ने विश्वव्यापी असरका सम्बन्धमा चालिनुपर्ने कदमहरूकाबारे दुई सातासम्म विभिन्न छलफल र वार्ताहरूमा सहभागिता जनाउँदै छन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)