मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

असोज २३ : नेपाल चिया विकास निगम स्थापना भएको दिन

bishowkhabar.com · Fri Oct 09 02:31:35 GMT 2026

काठमाडौं – नेपालको कृषि विकास र खेलकुद इतिहाससँग जोडिएका दुई फरक घटनाले असोज २३ लाई विशेष बनाएको छ । वि.सं. २०२३ असोज २३ गते नेपाल चिया विकास निगमको स्थापना भएको थियो भने वि.सं. २०८२ असोजमा यही समयावधिमा नेपाली क्रिकेट टोलीले अन्तर्राष्ट्रिय प्रतियोगितामा कुवेतलाई ५८ रनले पराजित गरेको थियो ।

नेपालमा चिया उत्पादन, प्रवर्द्धन तथा व्यापारलाई व्यवस्थित र संस्थागत बनाउने उद्देश्यले स्थापना गरिएको नेपाल चिया विकास निगमले पूर्वी पहाडी क्षेत्रमा चिया खेतीको व्यावसायिक विस्तारमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको मानिन्छ । विशेषगरी इलामलगायत जिल्लामा चिया खेतीको विस्तारले स्थानीय किसानलाई व्यावसायिक उत्पादनतर्फ आकर्षित गर्नुका साथै रोजगारी सिर्जना र स्थानीय अर्थतन्त्रको विकासमा योगदान पुर्‍याएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)