साझा खोलामा हकको विवाद
nepalnews.com · Fri Aug 07 13:14:29 GMT 2026

सुर्खेत । सुर्खेतको झुप्रा खोलाले वीरेन्द्रनगर र लेकवेशी नगरपालिकाको भौगोलिक सिमाना मात्र छुट्याएको छैन; ढुंगा, गिट्टी र बालुवाको राजस्व कसले उठाउने र कसरी बाँड्ने भन्ने विवाद पनि सिर्जना गरेको छ। दुई पालिकाको सिमानामा पर्ने खोलाबाट वीरेन्द्रनगरले आर्थिक वर्ष २०७४/७५ यता एक्लै राजस्व उठाउँदै आएको छ। लेकवेशीले भने नौ वर्षदेखि त्यसको कुनै हिस्सा पाएको छैन।
वीरेन्द्रनगरले खोलामा ठेक्का लगाउने र त्यसबाट उठेको राजस्वको ३५ प्रतिशत लेकवेशीलाई दिने मौखिक समझदारी भएको लेकवेशी नगरपालिकाका प्रमुख उमेशकुमार पौडेल बताउँछन्। तर, लिखित सम्झौता र स्पष्ट कानुनी व्यवस्था नहुँदा समझदारी कार्यान्वयन भएको छैन। “वीरेन्द्रनगरले ठेक्का प्रक्रियामा गरेको खर्च र प्रदेशलाई दिनुपर्ने रकम कटाएर बाँकी राजस्वको ३५ प्रतिशत हामीलाई दिने मौखिक सहमति भएको थियो,” पौडेल भन्छन्, “३० प्रतिशत मात्रै पाएको भए पनि अहिलेसम्म एक करोड रुपैयाँभन्दा बढी पाउनुपर्ने थियो। तर, एक रुपैयाँ पनि पाएका छैनौँ।”
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)