अमेरिकामा ‘साइक्लोस्पोरायासिस’को संक्रमण, दुईजनाको मृत्यु
baahrakhari.com · Fri Aug 07 13:16:24 GMT 2026

काठमाडौं । अमेरिकामा लेट्युस (सलादमा प्रयोग हुने हरियो साग)का कारण आन्द्राको संक्रमण ‘साइक्लोस्पोरायासिस’का घटनामा वृद्धि भएको पाइएको छ । यसबारे अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडीए), रोग नियन्त्रण तथा रोकथाम केन्द्र र विभिन्न राज्यका स्वास्थ्य निकायहरूले संयुक्त अनुसन्धान सुरु गरेका छन् ।
सबैभन्दा बढी प्रभावित मिशिगन राज्यमा हालसम्म दुईजनाको मृत्यु भएको छ । ११ हजारभन्दा बढी मानिस बिरामी परेको जानकारी सार्वजनिक भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)