अवैध लागूऔषधसहित दुई पक्राउ
lokaantar.com · Fri Jan 27 00:03:38 GMT 2023
हेटौंडा उपमहानगरपालिका –१० बसपार्कबाट अवैध लागूऔषध गाँजा २१ केजीसहित २ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा चितवन राप्ती नगरपालिका–९ बस्ने ४० वर्षीया टेकमाया गुरुङ र ३१ वर्षीया अस्मिता प्रजा रहेको प्रहरीले जनाएको छ ।
वडा प्रहरी कार्यालय हेटौंडाबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा झोलामा लुकाई छिपाई राखेको अवस्थामा उक्त गाँजासहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । घटनाबारे थप अध्ययन भइरहेको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)