कमजोर ट्युनेसियासँग फ्रान्स स्तब्ध, ०–१ गोलले पराजित
nepallive.com · Wed Nov 30 17:18:00 GMT 2022
काठमाडौं– ट्युनेसियालाई कमजोर ठान्ने गल्ती गर्दा फ्रान्सले विश्वकपको अन्तिम समूहगत खेलमा ०–१ गोलको नमिठो पराजय भोगेको छ। केलियन एम्बाप्पे र एन्टोन ग्रेजमन जस्ता स्टार खेलाडीलाई बेञ्चमा राखेर खेलको सुरुवात गरेका फ्रान्सका लागि मंगलबारको दिन नमिठो सावित भयो। लेस ब्लुजविरूद्ध दोस्रो हाफको ५८ मिनेटमा वाहवी खाज्रीले गोल गर्दै ट्युनेसियालाई अग्रता दिलाएका थिए। गोललगत्तै ट्युनेसियाले उनलाई पद्स्थापन गरेको थियो।
आजको खेलमा ट्युनेसियालाई केही गुमाउनु थिएन। विश्वकपको अघिल्लो दुई खेलमा पराजय भोगेको ट्युनेसिया पहिले नै समूह चरणबाट बाहिरिसकेको थियो। आफ्नो नियमित गोलरक्षक कप्तान ह्युगो लोरेसलाई विश्राम दिनु पनि फ्रान्सका लागि दुर्भाग्य सावित भयो।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)