बर्दिबासमा लोकदोहोरीको रौनक
gorkhapatraonline.com · Fri Oct 09 02:55:13 GMT 2026

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले आयोजना गरेको नवौँ राष्ट्रिय महाधिवेशन तथा रजत जयन्ती समारोहले महोत्तरीको बर्दिबासमा लोकदोहोरीको रौनक बढाएको छ। बिहीबारदेखि सुरु भएको महाधिवेशनमा सहभागी हुन देशभरका कलाकार, संगीतकर्मी, प्रतिनिधि तथा कलाप्रेमी बर्दिबासमा भेला भएका छन्।
प्रतिष्ठानको स्थापनाको २५ वर्ष पूरा भएको अवसरमा पहिलोपटक मधेश प्रदेशमा राष्ट्रिय महाधिवेशन आयोजना गरिएको हो। महाधिवेशनमा ७७ वटै जिल्लाबाट एक हजार पाँच सयभन्दा बढी प्रतिनिधि सहभागी हुने आयोजकले जनाएको छ। प्रतिनिधिका अतिरिक्त पर्यवेक्षक, शुभेच्छुक, कलाकार तथा दर्शक गरी पाँच हजारभन्दा बढीको उपस्थिति रहने अनुमान गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)