पञ्चेश्वर परियोजना : नेपाल–भारत बैठक सुरु
gorkhapatraonline.com · Thu Jul 06 06:50:50 GMT 2023
काठमाडौँ, असार २१ गते । करिब चार वर्षदेखि औपचारिक छलफलमा नआएको पञ्चेश्वर परियोजनाबारे नेपाल र भारतका उच्च अधिकारीबिच आज (बिहीबार) देखि छलफल हुँदै छ। गण्डकी प्रदेशको राजधानी पोखरामा बिहीबार र शुक्रबार दुई दिन नेपालका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे र भारतका जलस्रोत सचिव पङ्कजकुमारको सहनेतृत्वमा रहँदै आएको पञ्चेश्वर विकास प्राधिकरणको बैठक बस्न लागेको हो।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार सो बैठकमा पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको डिपिआर (विस्तृत परियोजना प्रतिवेदन) मा टुङ्ग्याउन बाँकी रहेका विषयमा छलफल हुनेछ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को जेठमा सम्पन्न भारत भ्रमणका क्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग यो परियोजनालाई निर्माण प्रवेश गराउने सहमति भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)