पोखरा स्कुल बस दुर्घटना अपडेट : १० कक्षाका विद्यार्थीलाई ट्युसन पढाउन ल्याइँदै थियो
ratopati.com · Fri Oct 09 03:06:44 GMT 2026

पोखरा । कास्कीको पोखरा महानगरपालिका २८ स्थित ओख्ले भीरमा विद्यार्थी बोकेको एक स्कुल बस दुर्घटनामा परेको छ । दुर्घटनाग्रस्त बसमा चालक र सहचालकसहित २५ जना सवार रहेको प्रारम्भिक तथ्याङ्क छ ।
त्यसमध्ये २१ जना विद्यार्थी मात्रै छन् । उनीहरू १० कक्षाका विद्यार्थी हुन् । परीक्षाका लागि ट्युसन पढ्न आउने क्रममा बिहानै दुर्घटना भएको हो । दसैँ बिदाअघि परीक्षा सक्ने क्रममा उनीहरूको परीक्षा अन्तिम समयमा पुगेको बताइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)