आजदेखि रातको समयमा बीपी राजमार्ग बन्द
barnanmedia.com · Thu Oct 02 22:57:14 GMT 2025

भीषण वर्षा र सम्भावित विपद्को जोखिमका कारण बीपी राजमार्ग रातको समयमा बन्द गरिएको छ।
जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले असोज १७ गतेदेखि २० गतेसम्म भारी वर्षा हुने सम्भावना रहेको भन्दै आज (असोज १६ गते) देखि असोज २१ गते मंगलबारसम्म बेलुकी ५ बजेदेखि बिहान ५ बजेसम्म राजमार्ग बन्द गर्ने निर्णय गरेको हो। यस अवधिमा एम्बुलेन्स र अत्यावश्यक सेवाका सवारीसाधन बाहेक अन्य सार्वजनिक तथा निजी यात्रुवाहक साधनको आवागमनमा रोक लगाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)