मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नापी अधिकृत वलीविरुद्ध भ्रष्टाचार मुद्दा

reportersnepal.com · Fri Oct 09 03:18:34 GMT 2026

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं नापी कार्यालय, डिल्लीबजारअन्तर्गत ३ नम्बर नापी टोली, माछापोखरीमा कार्यरत नापी अधिकृत डिल्लीबहादुर वलीविरुद्ध मुद्दा दायर गरेको छ । उनीविरुद्ध घुस (रिसवत) लिई भ्रष्टाचार गरेको आरोपमा विशेष अदालत काठमाडौंमा आज आरोपपत्र दायर गरेको हो ।

आयोगका अनुसार, छुट जग्गा दर्ता सिफारिससहितको मिसिल पत्र भूमि प्रशासन कार्यालय, मनमैजु, काठमाडौंमा पठाउने कार्यका लागि वलीले सेवाग्राहीलाई दुःख, हैरानी तथा सास्ती दिई घुस माग गरिरहेको भन्ने सूचना प्राप्त भएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)