सिरहामा अवैध उत्खनन, संलग्न ७ वटा टिपर प्रहरी नियन्त्रणमा
ratopati.com · Fri Oct 09 03:21:41 GMT 2026

जनकपुरधाम । अवैध रूपमा गिट्टीबालुवा उत्खनन गर्ने ६ वटा टिपर र एउटा जेसीबीलाई सिरहा प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार बिहीबार राति गोलबजार नगरपालिका–१ स्थित बलडारा मुक्सारमा सोही ठाउँ बस्ने सहदेव यादवको जग्गामा बिहीबार राति अवैध रूपमा ग्राभेल उत्खनन भइरहेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कायाालय गोलबजार र सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस गोलबजार सिरहाबाट खटिएको संयक्त टोलीले जेसीबी र टिपर नियन्त्रणमा लिएको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)