हप्तामा २ दिन स्थानीय पहिरन अनिवार्य
news24nepal.tv · Fri Oct 09 03:20:31 GMT 2026

ओखलढुङ्गा । सरकारी कर्मचारीको नियमित कार्यालय पोसाक त हामीले देख्दै आएका छौँ । तर, ओखलढुंगामा प्रदेश सरकार अन्तर्गतका कर्मचारीको पोसाकमा अहिले केही फरक देखिन थालेको छ । साताको दुई दिन उनीहरु अल्लो र ढाकाबाट बनेका स्थानीय पोसाकमा कार्यालय पुग्ने गरेका छन ।
ओखलढुंगाका प्रदेश सरकार अन्तर्गतका सरकारी कार्यालयमा अहिले एउटा फरक दृश्य देखिन थालेको छ । कार्यालयमा कर्मचारीहरू आ–आफ्नो नियमित काममा व्यस्त छन । तर, हरेक बुधबार र शुक्रबार उनीहरूको पहिरन भने अरू दिनको भन्दा फरक देखिन्छ । कोही अल्लोबाट बनेको पोसाकमा छन त, कोही ढाकाका कपडामा सजिएका छन ।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)