मुस्ताङमा रोकिएका सवारीसाधन बेनीतर्फ फर्किन थाले
gorkhapatraonline.com · Fri Oct 09 03:20:56 GMT 2026

कालीगण्डकी नदीको कटान तथा बाढीपहिरोले सडक र पक्की पुलको पहुँचमार्ग बगाएपछि विगत दुई सातादेखि मुस्ताङमा रोकिएका सवारीसाधन बेनीतर्फ फर्किन थालेका छन्। कालीगण्डकी करिडोरअन्तर्गत कोरला–जोमसोम–बेनी सडकखण्डमा अस्थायी मर्मतपछि बिहीबार रातिदेखि हलुका सवारीसाधन सञ्चालनमा आएपछि मुस्ताङमा रोकिएका कन्टेनरसहित अन्य सवारीसाधन फर्किन थालेका हुन्। यससँगै सडकमा सवारीसाधनको चाप बढेको छ।
गत असोज ८ देखि ११ गतेसम्म भएको भीषण वर्षापछि कालीगण्डकी नदीमा आएको बाढीले सडक कटान गरी बगाउँदा कोरला नाकाबाट ल्याइएका पाँच सयभन्दा बढी मालवाहक कन्टेनर रोकिएका थिए। यसले मुस्ताङका कृषि उपज ढुवानीमा समेत समस्या सिर्जना गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)