इङ्ग्लिस प्रिमियर लिगमा साउथह्याम्टनलाई हराउँदै लिभरपुल दोस्रो स्थानमा
Ujyaaloonline.com · Sun Nov 28 00:58:03 GMT 2021
काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिगमा लिभरपुलले साउथह्याम्टनलाई हराएको छ । गएराति भएको खेलमा लिभरपुलले घरेलु मैदानमा साउथह्याम्टनलाई ४–० गोलले हराएको हो ।
लिभरपुलका डिएगो जोटाको दुई तथा थियागो अलकान्तारा र भर्जिल भान डाइकले समान एक/एक गोल गरे । खेलको दोस्रो मिनेटमा नै जोटाको गोलबाट लिभरपुलले अग्रता लिएको थियो । ३२ औं मिनेटमा जोटाले अर्को गोल थप्दै अग्रता दोब्बर पारे । त्यस्तै ३७औं मिनेटमा अलकान्ताराले गोल गरेपछि लिभरपुलले पहिलो हाफमा ३–० को अग्रता बनायो ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)