जडीबुटी खोज्न गएका मुगुका तीनै जनाको मृत्यु, दुई शव हिउँले पुरिएको अवस्थामा फेला
kalakarmi.com · Fri Oct 09 03:28:33 GMT 2026

काठमाडौं- जडीबुटी खोज्न हुम्ला-मुगु सीमावर्ती मिमी पाटन पुगेका मुगुका तीन जनाको मृत्यु भएको छ । जडीबुटी संकलन गर्ने क्षेत्रको सीमा र उपयोगलाई लिएर भएको झडपमा एक जनाको घटनास्थलमै मृत्यु भएको थियो । त्यसपछि सम्पर्कविहीन भएका थप दुई जनाको शव उच्च हिमाली क्षेत्रमा हिउँमुनि फेला परेको हो ।
मुगुम कार्मारोङ गाउँपालिका-९ पापुका २२ वर्षीय गणेशबहादुर बुढाको असोज ११ गते भएको झडपमा मृत्यु भएको थियो । सोही टोलीका ३६ वर्षीय ललितजङ्ग बडुवाल र अंगबहादुर रोकाया भने त्यसपछि सम्पर्कविहीन भएका थिए । बडुवालको शव असोज १७ गते हुम्लाको चंखेली गाउँपालिका-२ को सीमाना पर्ने मिमी लेक क्षेत्रमा हिउँले पुरिएको अवस्थामा भेटिएको थियो। रोकायाको शव बुधबार सानो मिमी क्षेत्रमा फेला परेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)