मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

फिफा अध्यक्षमा इन्फान्टिनोको पुनर्निर्वाचत हुने सम्भावना बलियो

neplays.com · Fri Oct 09 03:33:00 GMT 2026

काठमाडौं । फिफा अध्यक्ष जियानी इन्फान्टिनोको पुनर्निर्वाचत हुने सम्भावना बलियो बनेको छ। उनका सम्भावित प्रतिस्पर्धी मानिएका भिक्टर मोन्टाग्लियानीले उत्तर तथा मध्य अमेरिका र क्यारेबियन क्षेत्रको फुटबल महासंघ (कन्काकाफ) को अध्यक्षमा अर्को कार्यकालका लागि प्रतिस्पर्धा गर्ने तयारी गरेपछि इन्फान्टिनोलाई चुनौती दिने सम्भावित उम्मेदवारको विकल्प साँघुरिएको हो।

क्यानडाका ६१ वर्षीय मोन्टाग्लियानीलाई इन्फान्टिनोका सम्भावित प्रतिस्पर्धीका रूपमा हेरिएको थियो। विश्वकपमा निजी लगानीकर्तालाई हिस्सेदारी बिक्री गर्ने इन्फान्टिनोको योजनाले विश्वव्यापी आलोचना निम्त्याएपछि मोन्टाग्लियानी अध्यक्ष पदका सम्भावित उम्मेदवारका रूपमा चर्चामा आएका थिए। तर उनले इन्फान्टिनोविरुद्ध उम्मेदवारी दिने औपचारिक घोषणा गरेका थिएनन्। प्राप्त विवरणअनुसार उनले सहकर्मीहरूलाई कन्काकाफको अध्यक्षमा अन्तिम कार्यकालका लागि अघि बढ्ने जानकारी गराएका छन्। यससँगै आगामी मार्चमा हुने फिफा अध्यक्ष निर्वाचनमा उनी इन्फान्टिनोविरुद्ध प्रतिस्पर्धा नगर्ने देखिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)