शुक्लाफाँटामा पहिलो पटक मदना चाँचर चरा देखियाे
Ujyaaloonline.com · Fri Feb 27 03:41:52 GMT 2026

काठमाण्डौ — जैविक विविधताले भरिपूर्ण कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पहिलोपटक मदना चाँचर चरा देखा परेको छ । विशेषगरी मध्यपहाडी र हिमाली वन क्षेत्रमा पाइने यो चरा तराईको समथर क्षेत्रमा पाइनुलाई संरक्षणका हिसाबले महत्वपूर्ण मानिएको छ ।
यस चरालाई पहिलोपटक निकुञ्जमा नेपाल पन्छी संरक्षण सङ्घ (विसिएन)का वरिष्ठ चराविज्ञ हिरूलाल डगौरा, दिलीप चन्द ठकुरी, सुमन चौधरी, डा. विकल्प पाण्डेलगायत टोलीले निकुञ्जमा चरा अवलोकनका क्रममा अभिलेख गर्नुभएको हो । ‘मदना चाँचर’ को वैज्ञानिक नाम टर्डस बुबुल रहेको छ । यो थ्रस (चाँचर) परिवारमा पर्ने चरा हो ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)