हिमपातले लिमीमा चौरीसहित दुई सय पशु बेपत्ता
gorkhapatraonline.com · Fri Oct 09 03:42:40 GMT 2026

नाम्खा गाउँपालिका–६ स्थित हिमालपारिको गाउँ लिमीका उच्च पाटनमा चरनका लागि लगिएका चौरी गाईसहित दुई सय पशु बेपत्ता भएका छन्। असोज १० र ११ गते परेको भारी हिमपातका कारण चरन क्षेत्रमा रहेका ती पशुवस्तुको अवस्था हालसम्म अज्ञात रहेको छ।
असोज महिनाको सुरुमै भारी हिमपात भएपछि उच्च पाटनमा पाल्नका लागि लगिएका चौरी गाईसहित दुई सय पशुको अवस्था अज्ञात बनेको वडा अध्यक्ष पाल्जोर तामाङले बताउनुभयो। उहाँका अनुसार बेपत्ता पशुमा एक सय चौरी गाई, ५० घोडा र ५० जुमा तथा झोपा छन्।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)