राजनीति कसका लागि ?
rajdhanidaily.com · Thu Sep 16 23:24:41 GMT 2021
राजनीति कसका लागि गरिन्छ ? यसको सोझो उत्तर छ–जनताका लागि । तर, नेपालमा अहिले त्यस्तो उत्तर दिइयो भने त्यो पूर्णतः गलत साबित हुने गरेको छ । नेताले त्यस्तो जवाफ दिएमा त्यो कसैले पनि नपत्याउने अवस्था छ । अहिले हाम्रा नेताहरू जनताको नजरमा दिन प्रतिदिन गिर्दै गइरहेका छन् ।
हिजोका दिनमा बीपी कोइराला, पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारी, मदन भण्डारी, गणेशमान सिह, कृष्णप्रसाद भट्टराईहरूले राजनीति गर्दा कसैले पनि उनीहरूलाई कसका लागि राजनीति गर्दै हुनुहुन्छ भनेर सोध्ने हिम्मत गर्दैनथे । कसैले सोधे हाले भने पनि उनीहरू गौरवका साथ आफूले देश र जनताका लागि राजनीति गरेको जवाफ दिन्थे । आमजनताले इन्कार गर्न सक्दैनथे ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)