बाढीपहिरोमा ७४ जनाको मृत्यु, सरकार सिंहदरबारबाट निर्देशन दिनमै व्यस्त
barnanmedia.com · Mon Jul 08 21:45:48 UTC 2024

नेपालमा बाढीपहिरो लगायत विपदमा परी एक महिनामा ७४ जनाको मृत्यु भएको छ। जेठ २८ देखि आएको बाढी, पहिरो लगायतका विपद्मा परी सोमबार ७४ जनाको मृत्यु भएको छ भने ५ बेपत्ता भएका छन्।
गृह मन्त्रालयका अनुसार कोशी प्रदेशमा १८ जना, मधेशमा ३, बागमतीमा ५, गण्डकीमा २२, लुम्बिनीमा १८, कर्णालीमा ४ र सुदूरपश्चिम प्रदेशमा ४ जनाको मृत्यु भएको हो। ८८ जना घाइते भएका छन्। २८ जेठयता विपद्का घटनाबाट २ हजार २९६ घर परिवार विस्थापित भएका छन्। सोही अवधिमा ९४ वटा घर, ५३ वटा गोठ, ४१ वटा पुल, एउटा विद्यालय र दुइटा सरकारी कार्यालयमा क्षति पुगेको छ । ३३५ वटा पशु चौपायाको मृत्यु भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)