कोमलको स्पष्टीकरण : ओलीज्यू प्रतिको अभेद्धे दृढत्वलाई कुनै कुराले तोड्न सक्दैन, फोहोरी खेल नखेल्न अनुरोध
reportersnepal.com · Sun Nov 28 17:38:18 GMT 2021
सौराहा, १२ मंसिर : नेकपा एमालेकी नेतृ एवं कलाकार कोमल वलीले आफ्नो हातमा पर्चा धमाएर आफूलाई बदनाम गर्ने षडयन्त्र भएको गुनासो गरेको छिन् । अध्यक्षका प्रत्याशी डा. भीमबहादुर रावलको प्रचारमा छापिएको पुस्तक समातेको तस्बिरसहित कोमल रावलको प्रचारमा हिँडेको चर्चा चलेको थियो । सामाजिक सञ्जालमार्फत सांसद वलीले आफूले कसैको पनि प्रचार नगरेको स्पष्ट पारेकी हुन् ।
आफू भीम रावलको चुनावी प्रचारमा हिँडेको चर्चा चलेपछि कोमलले खण्डन गरेकी हुन् । उनले आफू अध्यक्ष केपी शर्मा ओलीप्रति दृढ रहेको पनि बताएकी छन् । ‘मेरो आस्था र विश्वासका केन्द्र श्रद्धेय अध्यक्ष के पी ओलीज्यू प्रतिको अभेद्धे दृढत्वलाई कुनै कुराले तोड्न सक्दैन,’ उनले भनेकी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)