जसपाका नेता बालकोटबाट बालुवाटार नफर्किएपछि अलमलमा सत्ता गठबन्धन, भोली विहान सम्म पर्खिने नभए ४ दलको मात्रै भागबन्डा
pahilopost.com · Thu Oct 06 17:52:28 GMT 2022
काठमाडौं : सत्ता गठबन्धनमा रहेको जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले नेकपा (एमाले)सँग चुनावी तालेमल गर्ने गृहकार्य गरेपछि गठबन्धन अलमलमा परेको छ। बिहीवारको बालुवाटारको बैठकबाटै जसपाका नेताहरु एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उनकै निवास बालकोटमा गएको बैठकमा सहभागी नेताहरुले बताएका छन्।
अध्यक्ष उपेन्द्र यादव सहितका नेता बालकोट गएका थिए भने प्रवक्ता मनिसकुमार सुमन सहितका नेता बालुवाटारको बैठकमा सहभागी थिए। बालुवाटारको बिहीवारको बैठक पनि निर्णय विहीन भएको छ। नेकपा एमालेसँग चुनावी तालमेलका लागि जसपा अन्तिम चरणमा पुगेको एमालेका नेताहरुले बताएका छन्। एमालेले २५ सिट जसपालाई दिन तयार भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)
प्रधानमन्त्री देउवा