मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जडीबुटी खोज्न मिमी पाटन पुगेका तीन जनाको मृत्यु

hamrakura.com · Fri Oct 09 00:00:00 GMT 2026

काठमाडौँ। जडीबुटी खोज्न हुम्ला-मुगु सीमावर्ती मिमी पाटन पुगेका मुगुका तीन जनाको मृत्यु भएको छ। जडीबुटी संकलन गर्ने क्षेत्रको सीमा र उपयोगलाई लिएर भएको झडपमा एक जनाको घटनास्थलमै मृत्यु भएको थियो। त्यसपछि सम्पर्कविहीन भएका थप दुई जनाको शव उच्च हिमाली क्षेत्रमा हिउँमुनि फेला परेको हो ।

मुगुम कार्मारोङ गाउँपालिका-९ पापुका २२ वर्षीय गणेशबहादुर बुढाको असोज ११ गते भएको झडपमा मृत्यु भएको थियो। सोही टोलीका ३६ वर्षीय ललितजङ्ग बडुवाल र अंगबहादुर रोकाया भने त्यसपछि सम्पर्कविहीन भएका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)