मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अन्तत: दुई कांग्रेस

nepalnews.com · Fri Oct 09 04:15:20 GMT 2026

२८ साउनमा निवर्तमान कांग्रेस सभापति शेरबहादुर देउवा नेपाल फर्किए। उपचारका लागि विदेश गएको पाँच महिनापछि देउवा स्वदेश फर्किँदा पत्नी आरजु राणा देउवा साथमा थिइनन्। उनी फर्किएको दिन त्रिभुवन विमानस्थलमा उनलाई लिन कार्यकर्ताको जुलुस पुगेको थियो। भीडको भव्य स्वागतपछि देउवा चुनदेवीस्थित सम्पर्क कार्यालय पुगे। त्यस दिन कार्यकर्तालाई सम्बोधन गर्दा देउवामा छुट्टै उत्साह देखिन्थ्यो। मुलुकमा गणतन्त्र ल्याउन आफूले गरेको योगदान स्मरण गर्दै देउवाले भनेका थिए, ‘राजा ज्ञानेन्द्रले त गर्न सकेन, अरूले सक्छ यहाँ?’

देउवा फर्किँदा उनको समूहले चुनदेवीमा सम्पर्क कार्यालय स्थापना गरेर कांग्रेसमा समानान्तर गतिविधि गरिरहेको थियो। २९ साउनमा देउवा समूहले सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा राष्ट्रिय सम्मेलन आयोजना गरेको थियो। देउवा स्वदेश फर्किएको भोलिपल्टै आफ्नै समूहको कार्यक्रममा मुख्य अतिथि बनेका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)